युवा नवप्रवर्तनकर्ताको विश्वमञ्चमा उडान !
काठमाडौं / वाशिङ्टन डी.सी.
नेपालकी युवा क्लाइमेट–टेक नवप्रवर्तनकर्ता Shrisha Pandey ले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेकी छन्। उनलाई विश्वभरबाट आएका १०,००० भन्दा बढी आवेदकमध्ये छनोट गर्दै प्रतिष्ठित World Bank Group Youth Summit 2026 मा नेपालका प्रतिनिधिको रूपमा सहभागी हुन चयन गरिएको छ।
यो सम्मेलन आगामी दिनहरूमा Washington, D.C. मा आयोजना हुँदैछ, जसको मुख्य विषय “FutureWorks: Designing Jobs for the Digital Age” रहेको छ। कार्यक्रममा विश्वभरका युवा नेतृत्वकर्ता, विज्ञ तथा नवप्रवर्तनकर्ताहरू भेला भई भविष्यका रोजगारी, सीप विकास र प्रविधिमैत्री समाधानहरूबारे गहन छलफल गर्नेछन्।
श्रिशा पाण्डे VayuDrishti की सह–संस्थापक हुन्, जहाँ उनी वायु प्रदूषण नियन्त्रण तथा वातावरणीय अनुगमनका लागि प्रविधिमा आधारित समाधानहरू विकास गर्दै आएकी छन्। उनको यो प्रयासले नेपाललाई विश्वव्यापी नवप्रवर्तनको नक्सामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
उनको यो उपलब्धि नेपालका युवाहरूका लागि प्रेरणादायी मात्र नभई, देशको बढ्दो प्रविधि–आधारित क्षमता र सम्भावनाको प्रतीक पनि बनेको छ।