एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड !
राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ। त्यसैगरी, जीपीए ३.२० देखि ३.६० सम्म ८० हजार ३७२ जना तथा जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन्।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना विद्यार्थी रहेका छन् भने जीपीए २.०० देखि २.४० सम्म ५ हजार १९० जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। जीपीए १.६० देखि २.०० सम्म भने ७ जना विद्यार्थी वर्गीकृत भएका छन्।
यस वर्षको एसईई परीक्षामा देशभरबाट ठूलो संख्यामा विद्यार्थी सहभागी भएका थिए। परीक्षा बोर्डले नतिजा वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट हेर्न सकिने जनाएको छ।