शनिबार, मई ३०, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
SEE supplementary examination will be held from June 1!

एसईईको पूरक परीक्षा असार १ गतेदेखि हुने !

Admin
मई १२, २०२६
३५ पटक हेरिएको


राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने जनाएको छ। बोर्डले सोमबार साँझ एसईईको नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाको तालिका समेत सार्वजनिक गरेको हो।

बोर्डका अनुसार पूरक परीक्षा असार १ गते सोमबारदेखि सुरु भई असार ९ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले सम्बन्धित विद्यार्थीलाई समयमै परीक्षा तयारी तथा आवश्यक जानकारी लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio